सुन तोलाको १ लाख २५ हजार !

काठमाडौँ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजावी सुन १ लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको भाउ ३० रुपैयाँले बढेको छ। बुधबार प्रतितोला १ हजार ४४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १५८ दशमलव ६७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव २४ डलरमा कारोबार भइरहेको छ।