साढे ७ अर्बको विकास ऋणपत्र जारी हुँदै

२०८० चैत्र ७ गते, बुधबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै ७ अर्ब ६९ करोड रुपैयाँ बराबरको विकास ऋणपत जारी गर्ने जनाएको छ। चैत ८ गते बोलकबोलमार्फत बिक्री गर्ने र चैत ९ गते निश्काशन गरिने तयारी राष्ट्र बैंकको छ। यसको परिपक्‍व हुने अवधि भने ६ वर्ष रहेको छ।
उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले भाग लिन पाउनेछन्।सरकारले हरेक वर्ष यसरी विकास ऋणपत्र जारी गर्दै आन्तरिक ऋण उठाउने गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ४ दशमलव ८३ अंकले बढ्यो

२०८२ भाद्र १० गते, मंगलवार

नेप्से २१.३० अंकले बढ्यो

२०८२ भाद्र ९ गते, सोमबार

११ कम्पनी कालोसूचीमा

२०८२ भाद्र ९ गते, सोमबार