सव-इन्जिनियर रोकायसहित दुई जना घुससहित पक्राउ

२०८० चैत्र २९ गते, बिहीबार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरका सव-इन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई घुससहित पक्राउ गरेको छ। अख्तियारले उनीहरुलाई डेढ लाख घुससहित रङ्गेहात पक्राउ गरेको हो । अख्तियारले रोकाया र कुँवरले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउन लिएको डेढ लाख घुससहित पोखरा-५ बाट बुधबार राति पक्राउ गरेको जनाएको छ । अख्तियारले दुवैलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुनको मूल्य घट्यो

२०८१ मंसिर २८ गते, शुक्रबार

अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड !

२०८१ मंसिर २८ गते, शुक्रबार