हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार


काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले आयोजना गरेको चौंथो हिमालयन हाइड्रो एक्स्पो बुधबारदेखि काठमाडौंमा शुरु भएको छ । तीन दिने एक्स्पोको अवसरमा स्काई टावरदेखि विद्युतीय सवारी साधनहरुको र्‍याली निकालिएको छ । र्‍यालीमा ३ सय भन्दा बढी विद्युतीय सवारीसाधनहरु सहभागी थिए । स्काइ टावरबाट सुरु भएको र्‍याली नयाँबानेश्वर हुँदै कोटेश्वर, सातदोबाटो, एकान्तकुना, कुपण्डोल, लैनचौरबाट भृकुटीमण्डपमा आएर सकिएको थियो ।
एक्स्पोको औपचारिक उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आयोजना गरेको लगानी सम्मेलनलाई एक्स्पोले सार्थक बनाउने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट विद्युत उत्पादनको क्षेत्रमा विकास र बिस्तारका लागि काम गर्ने प्रतिवद्धता जनाए ।
‘लगानी सम्मेलनको पूर्वसन्ध्यामा हिमालयन हाइड्रो एक्स्पोको आयोजना भइरहेको छ । यसले लगानी सम्मेलनलाई अझ सार्थक बनाउनेछ,’ मन्त्री बस्नेतले भने, ‘नेपालको जलस्रोत जुन प्रकृतिको छ, यसको महत्व जुन प्रकारको छ, त्यही रुपमा सदुपयोग अझ गर्न थप काम गर्नुपर्ने आवश्यकता छ । आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट यस क्षेत्रको विकास र बिस्तारको लागि काम गर्नेछौँ ।’
कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले लगानी सम्मेलनलाई सफल बनाउने उद्देश्यले हिमालयन हाइड्रो एक्स्पो आयोजना गरिएको जानकारी दिए ।
सरकारले सन् २०३५ सम्म १३ हजार मेगावाट बिजुली नेपालमा खपत गर्ने लक्ष्य लिएको भन्दै उनले त्यसलाई सार्थक बनाउन एक्स्पोले भूमिका खेल्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

डलरको मूल्य हालसम्मकै उच्च

२०८१ मंसिर १८ गते, मंगलवार

जलविद्युतको सेयर किन्न बिना धितो ऋण

२०८१ मंसिर १८ गते, मंगलवार

नेप्से १९ दशमलव ९७ अङ्कले बढ्यो

२०८१ मंसिर १७ गते, सोमबार