नेप्से १४.३३ अंकले बढ्यो
काठमाडौँ । नेप्से १४.३३ अंकले बढ्दै १९८०.२७ अंकमा रोकिएको छ । आज यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.६२ अंकले बढ्दै ३५०.८० अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज २ अर्ब ६८ करोड २५ लाख ८६ हजार रुपैयाँ बराबरको ६८ लाख ७८ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । ट्रेडिङ समूहको उपसूचक बाहेक आज १२ वटा उपसूचक धनात्मक भएका छन् ।
आज सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ३.९८ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक २.२३ प्रतिशतले र माइक्रो फाइनान्स १.४० प्रतिशतले बढेको छ । यसैगरी नन् लाइफ इन्स्योरेन्सको उपसूचक आज १.०६ प्रतिशतले बढ्दा अरू समूहको उपसूचक १ प्रतिशत कमले बढेका छन् । यता ट्रेडिङ समूहको उपसूचक भने आज ०.३४ प्रतिशतले घट्न पुगेको छ । आज पोखरा फाइनान्स कम्पनीको सेयर मूल्य ९.०२ प्रतिशतले बढेको छ भने रिभर्स फल्स पावर लिमिटेडको मूल्य ४.६३ प्रतिशतले घट्न पुगेको छ ।