नेप्से २५.९३ अंकले बढ्यो

२०८१ बैशाख १८ गते, मंगलवार


काठमाडौँ । नेप्से २५.९३ अंक बढेर २००६ अंकमा कायम भएको छ । अघिल्लो दिन २ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८० करोडको कारोबार भएको छ । कुल २१५ कम्पनीको मूल्य बढ्यो भने २६ को घट्यो, ४ को स्थिर रह्यो । यस दिन विकास बैंक समूह सबैभन्दा धेरै बढेको छ । विकास बैंक समूह ४.९ प्रतिशत बढ्यो ।
त्यस्तै बैंकिङ १.१, होटल तथा पर्यटन २.५३, हाइड्रोपावर १.६२, लगानी १.१३, जीवन बीमा ०.९६, उत्पादन ०.३६, माइक्रोफाइनान्स १.४१, निर्जीवन बीमा २.३९, अन्य ०.३०, ब्यापार ०.७५ प्रतिशत बढे । फाइनान्स समूह भने १.१८ प्रतिशत घट्यो । धेरै मूल्य बढ्ने कम्पनीमा पनि विकास बैंकहरु अगाडि देखिए । कर्पोरेट डेभलपमेन्ट बैंक र इनिफिनिटी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । ग्रीन डेभलपमेन्ट बैंकको ८.२, बोटलर्स नेपाल बालाजुको ७.६, साइन रेसुङ्गाको ७.२, पिपुल्स पावरको ६.३, आरएसडीसी लघुवित्तको ६ प्रतिशत मूल्य बढ्यो ।
पोखरा फाइनान्सको ७.१, गुराँस लघुवित्तको ६.६, बोटलर्स नेपाल बालाजुको ५.७, गोर्खाज फाइनान्सको ४.६ र प्रोग्रेसिभ फाइनान्सको ३.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा साइन रेसुङ्गा विकास बैंक, पोखरा फाइनान्स, गोर्खाज फाइनान्स, कामना सेवा विकास बैंक र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

डलरको मूल्य हालसम्मकै उच्च

२०८१ मंसिर १८ गते, मंगलवार

जलविद्युतको सेयर किन्न बिना धितो ऋण

२०८१ मंसिर १८ गते, मंगलवार

नेप्से १९ दशमलव ९७ अङ्कले बढ्यो

२०८१ मंसिर १७ गते, सोमबार