ब्रोकर कमिशन घट्ने

२०८१ बैशाख २४ गते, सोमबार


काठमाडौँ । अर्थ मन्त्रालयले हाल कायम रहेको ब्रोकर कमिशन घटाउनको लागि नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिए संगै बोर्डले ब्रोकर कमिशन घटाउने भएको छ । धितोपत्र बोर्डको हालै बसेको संचालक समितिको बैठकले आउदो जेठ १ गतेदेखि साविकको ब्रोकर कमिशनमा १० प्रतिशत घटाएर नयाँ ब्रोकर कमिशन कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।
धितोपत्र बोर्डको २०८० कार्तिक १ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको ब्रोकर कमिशनमा समग्रमा १० प्रतिशत घटाउने निर्णय गरेर स्वीकृतिको लागि अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो। रमेश हमाल धितोपत्र बोर्डको अध्यक्ष हुँदै उनले कमिशन घटाउने निर्णय गरेर मन्त्रालयमा स्वीकृतिको लागि पठाउने निर्णय गरेका थिए। लामो समयपछि अर्थ मन्त्रालयले घटेको ब्रोकर कमिशन कार्यान्वयनको लागि बाटो खोलिदिएको थियो। सोहि अनुसार धितोपत्र बोर्डले जेठ १ गतेदेखि नयाँ ब्रोकर कमिशन लागु गर्ने निर्णय गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३४ अंकले वृद्धि

२०८२ असार १८ गते, बुधबार

विकास हाईड्रोपावरको आईपीओ खुल्यो

२०८२ असार १८ गते, बुधबार

नेप्से २८.९१ अंकले बढ्यो

२०८२ असार १७ गते, मंगलवार