करिब २ अर्ब अनलाइन सट्टेबाजी गरेको आरोपमा ढुंगाना पक्राउ

२०८१ बैशाख ३१ गते, सोमबार


काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन सट्टेबाजी गरेको आरोपमा अनिल ढुंगाना पक्राउ परेको जानकारी दिएको छ । एक्सबेट, जुवा ३६५, क्रिप्टोलगायतमा सट्टाबाजी गर्न रकम लगाउने गरेको आरोपमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगाना पक्राउ परेका हुन् ।
प्रारम्भिक अनुसन्धानमा उनीसँग विभिन्न व्यक्तिहरुका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ईसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रवीन्द्र रेग्मीका अनुसार बिनान्समार्फत २ वटा खाता प्रयोग गरेर विभिन्न २४३ प्रकारका क्रिप्टोकरेन्सीमा हालसम्म १ अर्ब ३४ करोड रुपैयाँ कारोबार गरेको भेटिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु