बाणिज्य बैंकले घटाए ब्याजदर

२०८१ जेष्ठ १ गते, मंगलवार


काठमाडौँ । बाणिज्य बैंकले जेठ महिनाको मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । जेठ महिनाका लागि बाणिज्य बैंकको औषत ब्याजदर ७.०७ प्रतिशत रहेको छ । ब्याजदर घटाउने बाणिज्य बैंकहरुमा एनएमबी, सिटिजन्स, सिद्धार्थ, प्राइम कमर्शियल, सानिमा, नबिल, एभरेष्ट, राष्ट्रिय बाणिज्य बैंक र नेपाल एसबीआई रहेका छन् । त्यस्तै, ७ बाणिज्य बैंकले वैशाखकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ३ वटा बाणिज्य बैंकको ब्याज दर बढेको छ । ब्याजदर बढाउने बाणिज्य बैंकहरुमा एनआइसी एसिया, प्रभु र ग्लोबल आइएमई छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

डलरको मूल्य हालसम्मकै उच्च

२०८१ मंसिर १८ गते, मंगलवार

जलविद्युतको सेयर किन्न बिना धितो ऋण

२०८१ मंसिर १८ गते, मंगलवार

नेप्से १९ दशमलव ९७ अङ्कले बढ्यो

२०८१ मंसिर १७ गते, सोमबार