सुन प्रतितोला एक लाख ४० हजार
२०८१ जेष्ठ ३ गते, बिहीबार
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार रुपैयाँ पुगेको छ। हिजो सुन प्रतितोला एक लाख ३८ हजार ४ सयमा कारोबार भएको थियो। आज चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ। बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको भाउ १ हजार ८०५ रुपैयाँ कायम भएको छ । यसअघि हिजो बुधबार १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो।