नेप्से २२.१४ अंकले घट्यो

काठमाडौं । नेप्से परिसूचक २२.१४ अंकले घटेर २१०९.३४ को विन्दु कायम भएको छ। १.०३ प्रतिशतको गिरावट आउँदा आइतबार २९ वटा कम्पनीको भने सेयर मूल्य बढेको छ । २१५ कम्पनीको सेयर मूल्य घट्दा ३ कम्पनीको मूल्य स्थिर रहेको छ । आइतबार ४ अर्ब ४४ करोड १५ लाख रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता सेयर किनबेच भएको छ ।
गत साता ४ दिनसम्म लगातार बढेर नेप्से परिसूचक ११२ अंकभन्दा बढीले उकालो लागेको थियो । सो क्रममा २१ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । आइतबार बिक्री खुलेदेखि नै ‘सेल प्रेसर’ देखियो । परिसूचक घटेपनि कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सिटी होटलको सेयर मूल्य ८.२४ प्रतिशतले बढ्यो भने इन्फिनिटी लघुवित्त र विन नेपाल लघुवित्तको सेयर मूल्य क्रमशः ६.३६ प्रतिशत र ६.३५ प्रतिशतले घटेको छ ।
आइतबार म्यूचुअल फण्ड समुहको परिसूचक १८ अंक र होटल र टुरिजम समूहको सूचक १७७ अंकले बढेको छ । यी दुई समूहबाहेक कारोबार भएका सबै समूह सूचक घटेको छ । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहमा १११ अंक र जीवन बीमा समूह ८३ अंकले घट्दा लघुवित्त समूह ८१ अंकले घटेको छ ।