दैनिक ४ सय मेगावाट विद्युत् निर्यात

२०८१ जेष्ठ १८ गते, शुक्रबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् सोमबार रातिदेखि भारत पठाउन थालेको जनाएको छ । प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आई.एक्स) मार्केटमा प्रतिस्पर्धी दरमा दैनिक ४ सय मेगावाट विद्युत् बिक्री गर्न शुरु गरेको हो ।
जेठ १४ देखि दैनिक ४ सय मेगावाट हाराहारीमा विद्युत् भारततर्फ निर्यात सुरु गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभो । यो वर्ष आन्तरिक माग पूरा गरी अतिरिक्त हुने करिब १२ सय मेगावाट विद्युत् प्रतिस्पर्धी बजार र द्विपक्षीय सम्झौताबमोजिम निर्यात गर्ने लक्ष्य राखिएको छ ।
द्विपक्षीय सम्झौताबमोजिम बिहार राज्यलाई करिब २ सय मेगावाट विद्युत् बिक्रीका लागि पावर ट्रेड कम्पनीसँग र हरियाणा राज्यलाई चार सय मेगावाट बिक्री गर्न एन.टी.पी.सी विद्युत् व्यापार निगमसँग सम्झौता गरी स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाइएको प्राधिकरणले जनाएको छ ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले हालसम्म नेपालका १५ जलविद्युत् आयोजनाबाट उत्पादित ६ सय ५६ मेगावाट विद्युत् प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुनको मूल्य घट्यो

२०८१ मंसिर २८ गते, शुक्रबार

अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड !

२०८१ मंसिर २८ गते, शुक्रबार