नेप्से ६.२२ अंकले बढ्यो

२०८१ जेष्ठ २२ गते, मंगलवार


काठमाडौँ । नेप्से ६.२२ अंक बढेर २०८५.३० विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य बढेको छ । आज ३१५ स्टकको ८३ लाख ५ हजार कित्ता सेयर ५३ हजार ९९९ पटक खरिदबिक्रि हुँदा ४ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो ४ अर्बको सेयर आरोबार भएको थियो । १३ उपसमूहमध्ये आज १० उपसमूहको परिसूचक बढेको छ । आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.७० प्रतिशत बढेको छ ।
ग्लोबल आइएमई लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । लघुवित्तको सेयरमूल्य १३१ रुपैयाँ ५० पैसा बढेर १ हजार ४४६ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ । आज बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ५.५१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ । कम्पनीको २० करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज सेन्सेटिभ इण्डेक्स १.९५ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंकले बढेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३३.४२ अंकले घट्यो

२०८१ मंसिर २७ गते, बिहीबार

नेप्से ४५.८८ अंकले बढ्यो

२०८१ मंसिर २६ गते, बुधबार

सुनको मूल्य फेरी बढ्यो !

२०८१ मंसिर २६ गते, बुधबार