सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँ

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको जनाएको छ । यसैगरी तेजाबी सुन तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसैबिच चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।
पछिल्लो समय सुन र चाँदी दुवैको मूल्य बढ्दै गएको छ । भन्सार कर वृद्धि र अन्तर्राष्ट्रिय बजारमै पनि भाउ बढेकाले स्थानीय बजारमा सुनको मूल्य बढेको जनाइएको छ ।