नेप्से २१ दशमलव २७ अङ्कले बढ्यो

२०८१ असार २३ गते, आईतवार

काठमाडौँ । नेप्से २१ दशमलव २७ अङ्कले बढेर २ हजार १ सय ४० दशमलव ९७ विन्दुमा पुगेको छ । आज विकास बैंक, फाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज सीईडीबी हाइड्रोपावर, नेशनल लघुवित्त, निफ्रा र केबीएल डिबेन्चर २०८६ को शेयर ५ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज ३ सय २५ वटा कम्पनीका १ करोड ४० लाख कित्ता शेयर ६ अर्ब २९ लाख रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार

नेप्से १६ दशमलव ६८ अङ्कले घट्यो

२०८२ बैशाख ७ गते, आईतवार