२५ दिनमा झन्डै २ खर्ब बजेट खर्च

२०८१ असार २५ गते, मंगलवार


काठमाडौँ । सरकारले असार लागेपछि २५ दिनमा १ खर्ब ७४ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेको छ । सरकारले असार २५ गते बिहानसम्मको तथ्यांक अनुसार १३ खर्ब ५६ अर्ब २१ करोड रुपैयाँ बजेट खर्च गरेको छ । सरकारले यस वर्ष १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । मंगलबार बिहानसम्मको तथ्यांक अनुसार सरकारले कुल लक्ष्यको ७७.४४ प्रतिशत बजेट खर्च गरेको छ ।
सरकारी कार्यालयमा आएर रोकिएका बिल बाहेक अब नयाँ भुक्तानी हुने छैन । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धित नियमावलीको प्रावधान अनुसार आर्थिक वर्ष समाप्त हुनु एक साता अगाडि नै सरकारले भुक्तानी बन्द गरिसक्नु पर्छ । सोहीकारण सरकारले सबैभन्दा बढी भुक्तानीको चाप सोमबार बेहोरेको छ ।
२३ असारका दिन १२ खर्ब ९८ अर्ब रहेको सरकारी खर्च २४ असारमा १३ खर्ब २२ अर्ब पुगेको छ । २५ असार अर्थात् मंगलबार बिहानसम्म भने १३ खर्ब ५६ अर्ब रुपैयाँ खर्च पुगिसकेको छ । यसआधारमा सरकारले सोमबार एकै दिन ठूलो भुक्तानी गरेको हो ।
नियमावली अनुसार अबको एक सातामा सरकारले आफूसँग बिल आइसकेको मात्र थप भुक्तानी गर्नेछ । यसबाहेक अत्यावश्यक भुक्तानीको बाटो भने खुला नै छ ।
सरकारले हरेक आर्थिक वर्षमा पुँजीगत खर्चको ३० प्रतिशत माथि भुक्तानी असारमा गर्दै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सार्वजनिक ऋण झन्डै २७ खर्ब !

२०८१ चैत्र ५ गते, मंगलवार

नेप्से २१.६३ अंकले घट्यो

२०८१ चैत्र ३ गते, आईतवार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८१ चैत्र ३ गते, आईतवार