सहकारी विभागको निर्देशन कार्यान्वयन गर्न सकिँदैन !

२०८१ असार २५ गते, मंगलवार


काठमाडौँ । राष्ट्रिय सहकारी महासंघले सहकारी विभागको एउटै व्यक्ति दुई वा दुईभन्दा बढी सहकारी संघरसंस्थाको सञ्चालक हुन नपाउने व्यवस्था कार्यान्वयन गर्न नसकिने बताएको छ । विभागले १९ जेठमा एक सूचना जारी गर्दै एउटै व्यक्ति दुई वा दुईभन्दा बढी सहकारी संघरसंस्थाको सञ्चालक भएमा त्यस्तो व्यक्तिले ३० दिनभित्र दोहोरो पद त्यागेर एकल पदमा मात्रै बस्न निर्देशन दिएको थियो । विभागको उक्त निर्देशन कार्यान्वन गर्न नसकिने महासंघको भनाइ छ ।
अहिले एउटै व्यक्ति एकभन्दा बढी प्रारम्भिक संस्थाको सञ्चालक रहेको र प्रारम्भिक संस्थाका सञ्चालकहरू नै संघमा समेत सञ्चालक भएर काम गरिरहेका छन् ।
विभागको निर्देशन अनुसार प्रारम्भिक संस्था र संघमा समेत सञ्चालक भएकाहरूले सञ्चालकको जिम्मेवारी छोड्नुपर्छ । यस्तै एकभन्दा बढी प्रारम्भिक संस्थाको सञ्चालक छन् भने एक संस्थाको मात्रै सञ्चालक बस्नुपर्ने हुन्छ ।
विभागको उक्त निर्देशनले सहकारी अभियानलाई नै समस्या हुने भन्दै राष्ट्रिय सहकारी महासंघले प्रारम्भिक संस्थामा मात्रै उक्त व्यवस्था गरी संघमा सञ्चालक हुने पाउने व्यवस्था गर्नुपर्ने माग गरेको हो । एक जना व्यक्ति एकै समयमा एउटा मात्र सहकारी संघरसंस्थाको सञ्चालक हुन सक्ने भन्ने निर्देशनले सहकारी अभियानमा कठिनाइ उत्पन्न भएको महासंघको ठम्याइ छ ।
हालको विषम परिस्थितिमा विभागको निर्देशनले प्रारम्भिक संस्था तथा संघहरूमा बीचैमा नेतृत्व छोड्दा अन्योल सिर्जना भई समस्या आउन सक्ने महासंघको भनाइ छ । विभागको निर्देशनबाट विचलन नभई पूर्ववत अवस्थामा काम गर्न समेत सहकारी संघरसंस्थाका सञ्चालकहरूसँग महासंघले आह्वान समेत गरेको छ ।
सहकारी ऐन २०७४ दफा २ को खण्ड ९फ० मा ‘सहकारी संस्था भन्नाले संस्था वा संघलाई सम्झनुपर्छ र सो शब्दले सहकारी बैंकलाई समेत जनाउँछ’ भन्ने व्यवस्थाले दुविधा उत्पन्न भएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तोमा उक्त प्रावधन हटाउनु पर्ने भनी अभियानको तर्फबाट सहकारी ऐनको संशोधनको बुँदामा समेत परेको समयमा विभागको निर्देशन हालको समस्याको समाधानको बाटो नभएको महासंघको दाबी छ ।
प्रारम्भिक सहकारी संस्थाको हकमा भने ऐनको दफा ४१ ९५० मा भएको व्यवस्था अनुसार कुनै व्यक्ति एकै समयमा एक मात्र प्रारम्भिक सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ भन्ने प्रावधानलाई भने तत्काल कार्यान्वय नगर्न महासंघले अपिल गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार

नेप्से १६ दशमलव ६८ अङ्कले घट्यो

२०८२ बैशाख ७ गते, आईतवार