नेप्से ५२.९७ अंकले बढ्यो

२०८१ असार ३० गते, आईतवार

काठमाडौँ । नेप्से परिसूचक ५२.९७ अंक बढेर २ हजार २५७.५९ अकमा बन्द भएको छ । आज दिनभरिमा ३०९ कम्पनीको २ करोड २० लाख ४७ हजार ३२७ कित्ता सेयर ९७ हजार २७४ पटक खरिदबिक्री हुँदा ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । रिडी पावर कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेर प्रतिकित्ता १८३.७० रुपैयाँ, माण्डु हाइड्रोपावरको १० प्रतिशत बढेर १ हजार ३५७.४० रुपैयाँ पुगेको छ । यस्तै, हिमाल दोलखा हाइड्रोको ९.९३ प्रतिशत, अरूण भ्याली हाइड्रोको ९.३७ प्रतिशत र जानकी फाइनान्सको ९.९५ प्रतिशत सेयर मूल्य बढेको छ ।
आज जानकी फाइनान्सेको सेयर कारोबार सर्वाधिक भएको छ । यस कम्पनीको २४ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २१ करोड २७ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको संस्थापक सेयर २० करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज बैंकिङ समूह ३.७४ प्रतिशत, विकास बैंक समूह १.२० प्रतिशत, फाइनान्स समूह १.३३ प्रतिशत, होटल तथा पर्यटन समूह १.०७ प्रतिशत, जलविद्युत समूह ३.३० प्रतिशत, लगानी समूह १.३० प्रतिशत, जीवन बीमा समूह २.०५ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह २.६६ प्रतिशत, लघुवित्त समूह १.२६ प्रतिशत, निर्जीवन बीमा समूह १.२६ प्रतिशत, अन्य समूह १.९९ प्रतिशत र ट्रेडिङ समूह २.२१ प्रतिशतले बढेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३३.४२ अंकले घट्यो

२०८१ मंसिर २७ गते, बिहीबार

नेप्से ४५.८८ अंकले बढ्यो

२०८१ मंसिर २६ गते, बुधबार

सुनको मूल्य फेरी बढ्यो !

२०८१ मंसिर २६ गते, बुधबार