११ महिनामा पौने तीन खर्बको पेट्रोलियम पदार्थ आयात

२०८१ असार ३१ गते, सोमबार

काठमाडौँ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा करिब पौने तीन खर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। चालु आवको साउनदेखि जेठसम्म दुई खर्ब ७३ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको हो।
गत आर्थिक वर्षको यही अवधिको तुलनामा आठ अर्ब रुपैयाँले इन्धन आयातमा कमी आएको छ। बजारमा पेट्रोलियम पदार्थको खपत घट्दा आयातमा कमी आएको हो । गत आवको ११ महिनामा दुुई खर्ब ८१ अर्ब ८८ करोड ५७ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो।
विभागका अनुसार ११ महिनामा एक खर्ब २९ अर्ब २० करोड २८ लाख ९३ हजार रुपैयाँको डिजेल आयात भएको छ। यस्तै ६२ अर्ब ८७ करोड ७३ लाख ३५ हजार रुपियाँको पेट्रोल आयात भएको छ।
१९ अर्ब ४७ करोड ४१ लाख २९ हजार रुपैयाँको हवाइ इन्धन आयात भएको विभागको तथ्यांक छ। ५१ अर्ब ७२ करोड ६७ लाख रुपैयाँको खाना पकाउने एलपी ग्यास आयात भएको छ। ग्यास र डिजेलको खपत घटे पनि पेट्रोलको खपत भने बढेको नेपाल आयल निगमले जनाएको छ।
मुलुकमा कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा १८ प्रतिशत छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ४४.२५ अंकले बढ्यो

२०८२ आश्विन २७ गते, सोमबार

नेप्से ७८.८३ अंकले घट्यो

२०८२ आश्विन २६ गते, आईतवार

श्रीनगर एग्रीटेकको आईपीओ निष्कासन

२०८२ आश्विन २६ गते, आईतवार