हिमालय ऊर्जाले शत प्रतिशत हकप्रद निष्कासन गर्ने

२०८१ श्रावण ६ गते, आईतवार

काठमाडौँ । हिमालय ऊर्जा विकास कम्पनीले साउन २४ देखि शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ९९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । भदौ ५ गतेसम्म यसमा आवेदन दिन सकिने बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ । क्रेडिट रेटिङबाट कम्पनीले बीबी स्तरको रेटिङ पाएको छ । असार १९ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयर भर्न सक्नेछन् । हकप्रद सेयर निष्कासनपछि प्राप्त हुने पूँजीमध्ये सबै खर्च कटाई बाँकी रकम बैंकको दीर्घकालीन ऋणको भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।
१२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगाावाटको अपर खिम्ती जलविद्युत् आयोजनामा ऋण रकम लगानी गरेको र सोको २ अर्ब ८४ करोड रुपैयाँ ऋण चुक्ता यहीं हकप्रदबाट प्राप्त रकमबाट गरिने कम्पनीले स्पष्ट पारेको छ । बजारमा सूचीकृत यस कम्पनीको हाल मूल्य प्रतिकित्ता २१३ रुपैयाँ छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१६ सय ३६ किलो गाँजा बरामद

२०८१ चैत्र ९ गते, शनिबार

सार्वजनिक ऋण झन्डै २७ खर्ब !

२०८१ चैत्र ५ गते, मंगलवार