रुपैयाँ १० को ३४ करोड थान नयाँ नोट छापिदै

२०८१ श्रावण ६ गते, आईतवार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले रुपैयाँ .१० को ३४ करोड थान नयाँ नोट छाप्ने तयारी गरेको छ। बैंकले दसैँ–तिहारलाई लक्षित गर्दै रुपैयाँ १० अंकित ३४ करोड थान नयाँ कागजी नोट छाप्ने भएको हो । नयाँ नोट छपाइका लागि विश्वव्यापी बोलपत्रसमेत आह्वान गरिसकेको छ।
राष्ट्र बैंकले सार्वजनिक सूचना प्रकाशन गर्दै इच्छुक आपूर्तीकर्तासँग प्रस्ताव माग गरेको हो। राष्ट्र बैंकका अनुसार आउँदो सेप्टेम्बर १ सम्म बोलपत्र फारम खरिद गर्न सकिनेछ। सेप्टेम्बर २ मा कार्यालय समयभित्र बोलपत्र फारम दर्ता गरिसक्नुपर्ने बैंकले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३३.४२ अंकले घट्यो

२०८१ मंसिर २७ गते, बिहीबार

नेप्से ४५.८८ अंकले बढ्यो

२०८१ मंसिर २६ गते, बुधबार

सुनको मूल्य फेरी बढ्यो !

२०८१ मंसिर २६ गते, बुधबार