नेप्से ६१.६१ अकंले बढ्यो !

२०८१ श्रावण ६ गते, आईतवार


काठमाडौँ । नेप्से ६१.६१ अकंले बढेर २४८५.९४ बिन्दुमा पुगेको छ । आज ३ सय १५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा धेरै सोल्टी होटल्सको सेयर कारोबार भएको छ । सोल्टीको ३४ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको हो । हिमालयन रिइन्स्योरेन्सको ३० करोड ६७ लाख र कुमारी बैंकको २७ करोड रुपैयाँमाथि सेयर कारोबार भएको छ ।
आज न सबैभन्दा धेरै यूनाइटेड मोदी र समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
हिमालयन बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । गणपति लघुवित्तका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

डलरको मूल्य हालसम्मकै उच्च

२०८१ मंसिर १८ गते, मंगलवार

जलविद्युतको सेयर किन्न बिना धितो ऋण

२०८१ मंसिर १८ गते, मंगलवार

नेप्से १९ दशमलव ९७ अङ्कले बढ्यो

२०८१ मंसिर १७ गते, सोमबार