विद्युत प्राधिकरणलाई उद्योगहरुको बिजुली जोड्न निर्देशन
काठमाडौँ । विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणलाई उद्योगहरुको बिजुली जोड्न निर्देशन दिएको छ । आयोगका अध्यक्ष रामप्रसाद धितालले आज बसेको बैठकले विद्युत लाईन जोड्न निर्देशन दिएको बताए । उनले नियमन आयोगले एक वर्ष पहिला जारी गरेको कानून व्यववस्था कार्यान्वयनका लागि प्राधिकरणलाई निर्देशन दिएको बताए । आयोगले जारी गरेको निर्देशिका बमोजिम गुनासो समाधान सम्पन्न नहुँदासम्म वितरण अनुमति प्राप्त व्यक्ति वा विद्युत् वितरण गर्ने सामुदायिक संस्थाले सम्बन्धित उपभोक्ताको विद्युत् आपूर्ति विच्छेद गर्न पाउने छैन । आयोगले २०८० साउन १० गते जारी गरेको ‘विद्युत् उपभोक्ता हित संरक्षण सम्बन्धी निर्देशिका, २०८०’ को दफा १३ को उपदफा १० मा यो व्यवस्था छ । यही व्यवस्थाबमोजिम प्राधिकरणले काटिएका उद्योगको लाइन जोड्नुपर्ने निर्देशन आयोगले दिएको हो ।
अध्यक्ष धितालले भने – ‘आज बसेको बैठकले लिखितरुपमा विद्युत् उपभोक्ता हित संरक्षण सम्बन्धी निर्देशिका, २०८०’ कार्यान्वयन गर्न भनेको छ । यो निर्देशनभन्दा पनि कानुन कार्यान्वयनको विषय हो ।’