सुन तोलाको १ लाख ४७ हजार ४ सय

२०८१ श्रावण ९ गते, बुधबार


काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ। मंगलबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। चालु महिना सुन अधिकतम १ लाख ४९ हजार ८ सय रुपैयाँसम्म पुगेको छ भने घट्दा १ लाख ४६ हजार २ सय रुपैयाँभन्दा तल गएको छैन।
चाँदी तोलामा १५ रुपैयाँ बढेको छ। बुधबार चाँदीको कारोबार मूल्य प्रति तोला १ हजार ८ सय ५ रुपैयाँ भएको छ। सोमबार र मंगलबार तोलाको १ हजार ७ सय ९० रुपैयाँ रहेको चाँदी साताको पहिलो दिन १ हजार ८ सय १० रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पुन: बढ्न थालेको छ। मंगलबार प्रति औंस २३९५.३८ डलरले कारोबार भएको सुन बुधबार २४१७.५४ डलर भएको छ। चाँदी प्रति औंस २९.३१ डलर छ। मंगलबार २८.९५ डलरमा कारोबार भएको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अवैध सुनसहित दुई जना जना पक्राउ

२०८१ मंसिर २४ गते, सोमबार

६४ किलो गाँजा बरामद

२०८१ मंसिर २४ गते, सोमबार

नेप्से ४५.९३ अंकले घट्यो

२०८१ मंसिर २३ गते, आईतवार