नेप्से २७.३२ अंकले घट्यो

२०८१ श्रावण ९ गते, बुधबार


काठमाडौँ । नेप्से परिसूचक २७.३२ अंकले घटेर २,५३६ को विन्दुमा कायम भएको छ । आज ४६ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १९४ कम्पनीको सेयर मूल्य घटेको छ । आज होटल एण्ड टुरिजम र फाइनान्स समूहबाहेक अन्य ११ वटा समूह राताम्य भएको छ । आज फाइनान्स ३३.८१ अंकले बढेर २९३०.१७ विन्दुमा पुगेको छ भने होटल एण्ड टुरिजम ८.५९ अंकले बढेर ६६००.१७ बिन्दुमा पुगेको छ ।
आज नेप्सेमा आएको करेक्सनसँगै ११ वटा समूहमा पनि करेक्सन आएको छ । आज सबैभन्दा बढी उत्पादन समूह ९७.२३ अंकले घटेर ७७२८.८२ विन्दुमा पुगेको छ । बुधबार सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.१६ अंकले घटेर २१.०८ विन्दुमा पुगेको छ ।
आज सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स क्रमशः ६.२५, १.५८ र १.९७ अंकले घटेपनि कारोबार भने १६ अर्ब २० करोड ८५ लाख ७७ हजार रुपैयाँ बराबरको भएको छ ।
आज ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता शेयर १ लाख ८८ हजार ८६५ पटक किनबेच हुँदा १९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज ३११ कम्पनीको शेयर कारोबार हुँदा ४६ वटा कम्पनीको शेयर मूल्य भने बढेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज ३ वटा कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने थप २ कम्पनीको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा बढीले बढेको छ । आज एक कम्पनीको शेयर मूल्य ७.७९ प्रतिशतले घटेको छ भने अन्य ११ वटा कम्पनीको शेयर मूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुनको मूल्य घट्यो

२०८१ मंसिर २८ गते, शुक्रबार

अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड !

२०८१ मंसिर २८ गते, शुक्रबार