नेप्से ३२ अंकले बढ्यो

२०८१ श्रावण १० गते, बिहीबार

काठमाडौँ। नेप्से ३२ अंकले बढेर २ हजार ५६८ दशमलव ११ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७ दशमलव शून्य ९ अंकले उकालो लागेर ४६० दशमलव शून्य ३ मा पुगेको छ। कूल ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैयाँ मूल्यमा कारोबार भयो।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ४ उपसमूहको शेयर मूल्यमा गिरावट अएको छ। ९ उपसमूहको शेयर मूल्य भने बढेको छ।
नेप्सेका अनुसार उपकार लघुवित्त १०, जीवन विकास लघुवित्त र एशियन हाइड्रोपावरको शेयर मूल्यमा ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ।
गणपति लघुवित्त ९ दशमलव ९७ र राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतले कमाएका छन्। मितेरी डेभलपमेन्ट बैंक ७ दशमलव ६५, माण्डू हाइड्रोपावर ४ दशमलव ६८, एसबिएल डिबेञ्चर ३ दशमलव ९२, कालिका पावर कम्पनी ३ दशमलव ८१ र आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले ३ दशमलव ६१ प्रतिशतले गुमाएका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सार्वजनिक ऋण झन्डै २७ खर्ब !

२०८१ चैत्र ५ गते, मंगलवार

नेप्से २१.६३ अंकले घट्यो

२०८१ चैत्र ३ गते, आईतवार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८१ चैत्र ३ गते, आईतवार