नेपाल सहकारी वित्तीय संस्था समस्याग्रस्त घोषित

२०८१ श्रावण १० गते, बिहीबार


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपाल सहकारी वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ। काठमाडौंको बानेश्वरमा रहेको उक्त सहकारीले लामो समयदेखि बचतकर्ताको रकम फिर्ता नगरेकाले कानूनअनुसार समस्याग्रस्त घोषणा गरिएको मन्त्रालयले जनाएको छ। समस्याग्रस्त घोषणासँगै सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ।
यसअघि सरकारले २१ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिसकेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु