अमेरिकी डलर र यूरो महँगियो, पाउण्ड घट्यो
काठमाडौं। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर , यूरो , अष्ट्रेलियन र क्यानेडियन डलर महँगिएको छ भने पाउण्ड स्टर्लिङ, स्वीस फ्रयांक र सिंगापुर डलरको विनिमय दर घटेको छ। शुक्रबार १ अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ६२ पैसा र बिक्री दर १३४ रुपैयाँ २२ पैसा थियो, शनिबार खरिद दर बढेर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसा भएको छ।
यस्तै यूरोपियन यूरोको खरिद दर १४४ रुपैयाँ ९९ पैसा र बिक्री दर १४५ रुपैयाँ ६४ पैसा थियो, बढेर खरिद दर १४५ रुपैयाँ ११ पैसा र बिक्री दर १४५ रुपैयाँ ७६ पैसा भएको छ।
पाउण्ड स्टर्लिङ भने १७२.०४ र १७२.८१ बाट घटेर १७१.९७ र १७२.७५ भएको छ। स्वीस फ्रयांक १५२.११ र १५२.७९ बाट १५१.२८ र १५१.९६ भएको छ। अष्ट्रेलियन डलर ८७.१५ र ८७.५४ बाट ८७.६६ र ८८.०५ भएको छ।
क्यानेडियन डलर ९६.५७ र ९७.०१ बाट ९६.७३ र ९७.१६ भएको छ। सिंगापुर डलर ९९.५५ र १००.०० बाट ९९.४७ र ९९.९१ भएको छ।