सुन प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैयाँ

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाला सुनको मूल्य १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । गत शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कायम थियो । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७४० रुपैयाँमा कारोबार भईरहेको छ ।