नेप्से ११३.४२ अंकले बढ्यो !

२०८१ श्रावण १३ गते, आईतवार


काठमाडौँ । नेप्से ११३.४२ अंक बढेर २ हजार ६८१.५६ अंकमा पुगेर बन्द भएको छ । आज ३१८ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयर १ लाख ६३ हजार ८१० पटक खरिदबिक्री हुँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत साउन महिनामा उठाएको ब्याज गत वर्षको वित्तीय विवरणमा जोड्न पाउने व्यवस्था गरेको छ । साउन महिनाको ब्याज जोड्दा बैंकहरूको नाफा पनि स्वतः बढ्ने देखिन्छ । जसकारण पछि नेप्सेको बैंकिङ समूहमा उछाल आएको छ । नेप्सेमा १२ कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ भने १० वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, सानिमा बैंक, एनएमबी बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक, प्राइम बैंक, कृषि विकास बैंक, नेपाल बैंक,उपकार लघुवित्त, हाथवे इन्भेष्टमेन्टको सेयर मूलय १० प्रतिशत बढेको हो । यस्तै एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंकको सेयर मूल्य ९.९९ प्रतिशत बढेको हो । यस्तै एनआईसी एशिया बैंक, नबिल बैंक, हिमालयन बैंक, निफ्रा बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंकको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
नेप्सेका अनुसार आइतबार बैंकिङ समूह ८.९८ प्रतिशत, विकास बैंक समूह ४.८७ प्रतिशत, फाइनान्स समूह १.२९ प्रतिशत, होटल तथा पर्यटन समूह ०.४६ प्रतिशत, जलविद्युत समूह ०.८३ प्रतिशत, इन्भेष्टमेन्ट समूह ५.७५ प्रतिशत, जीवन बीमा समूह ४.२४ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह १.७२ प्रतिशत, म्युचुअल फण्ड समूह १.३८ प्रतिशत, अन्य समूह ३.१९ प्रतिशत र ट्रेडिङ समूह २.६२ प्रतिशतले बढेको छ । तर, लघुवित्त समूह भने ०.१८ प्रतिशतले घटेको छ ।
आज कुमारी बैंकको सेयर कारोबार सर्वाधिक भएको छ । यस बैंकको ३६ करोड १० लाख रुपैयाँ, एनआईसी एशिया बैंकको ३४ करोड ८१ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ३२ करोड २५ लाख रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको २७ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु