राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् । आजदेखि लागू हुने गरी बैंकका कार्यकारी निर्देशक(अधिकृत विशिष्ट श्रेणी) पौडेललाई प्रवक्ता तोकिएको हो । अर्थशस्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका पौडेल हाल सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक छन् । यस अघि राष्ट्र बैंकको प्रवक्तामा डा.गुणाकर भट्ट थिए ।