नेप्से ३५.५५ अंकले बढ्यो

२०८१ श्रावण १५ गते, मंगलवार


काठमाडौँ । नेप्से ३५.५५ अंकले बढेर २६९६.६५ को विन्दुमा पुगेको छ। आज कारोबार भएका बैंकिङ, म्युचुअल फन्ड, निर्जीवन बीमा कम्पनी र ट्रेडिङ बाहेकका उपसमूहले बजार बढाएका हुन्। होटल तथा पर्यटनको सूचक सर्वाधिक ५.९९ र फाइनान्स उपसमूहको ५.९८ प्रतिशतले बढेको छ।
कारोबारमा आएका ३२९ मध्ये १८९ कम्पनीको सेयर मूल्य बढेको छ। ६ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युत, नेपाल वेयर हाउस, सीइडीबी हाइड्रोपावर र नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्।
१७ अर्ब २६ करोड ६३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ६० करोड १० लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै शिवम् सिमेन्ट ३७ करोड ६७ लाख, सोल्टी होटल ३६ करोड ४३ लाख र नेपाल फाइनान्सको ३५ करोड ३८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
शुक्रबार मौद्रिक नीतिपछि आइतबार दुई पटक सर्किट लागेर ११३ अंकले बढेको सेयर बजार सोमबार २०.४६ अंकले घटेको थियो। नेप्से ओरालो लाग्दा समेत १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भएको थियो।
मंगलबार बजार उकालो लागे पनि ४७ कम्पनीको सेयर मूल्य घटेको छ। एसियन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतलेे गुमाएका छन्। ६ कम्पनीको सेयरमूल्य स्थिर रह्यो।
बजार उकालो लाग्दा पछिल्लो एक महिनामा लगानीकर्ताको सम्पत्ति १० खर्ब रुपैयाँले बढेको छ। असार १७ गते ३२ खर्ब रहेको बजार पुँजीकरण अहिले ४२ खर्बभन्दा बढी पुगेको छ। यो बीचमा नेप्से परिसूचक ७०० अंकले बढेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु