नेप्से ६४.२५ अंकले बढ्यो
काठमाडौँ । नेप्से ६४.२५ अंकले बढेर २७६०.९० को विन्दुमा कायम भएको छ । आज ३३२ कम्पनीको २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि सन् २०२१ जुलाई १५ का दिन २१ अर्ब ६४ करोड रेकर्ड बनेको थियो । यसरी हेर्दा ३ वर्षपछि नेप्सेले दैनिक कारोबार रकमको पुरानो रेकर्डलाई तोड्दै नयाँ इतिहास रचेको छ । यस्तै, यो दिन ३ सय ३२ कम्पनीका ५ करोड ९ लाख बढी कित्ता सेयर किनबेच भएको छ ।
यो पनि उच्च नै हो । २७ सय ६१ विन्दुमा पुगेको बजारमा सबै उपसुचकमा हरियाली छाउदा वित्त समूहमा सर्वाधिक ८ प्रतिशत बढीको वृद्धि आएको छ । लगानी समूहमा करिब ७ प्रतिशतको वृद्धि आउदा अन्य समूहमा ४ र बैक समूह ३ प्रतिशतको वृद्धि आएको अरु सबै समूह २ प्रतिशत बढीले उकालो लागेको छ ।
दर्जन बढी कम्पनीको मूल्यमा सकारात्मक लागेको नेप्सेले जनाएको छ । कारोबारको हिसाबमा बुधबार हिमालयन रिइन्स्योरेन्स, माउन्टेन इनर्जी, शिभम् सिमेन्ट अब्बल रहे । उच्च अंकले बढेको बजारमा १ सय ९१ कम्पनीको मूल्य बढ्दा ४४ कम्पनीको मूल्य भने घटेको छ ।