व्यक्तिगत प्यान नम्बर लिनेको संख्या झन्डै ४३ लाख

२०८१ श्रावण १६ गते, बुधबार


काठमाडौँ । अर्थ मन्त्रालयले आव २०८०/८१ मा ६ लाख १७ हजार ७८१ जनाले व्यक्तिगत प्यान लिएको बताएको छ । यससँगै कुल प्यान नम्बर लिने करदाताको संख्या ४२ लाख ६७ हजार ३९५ पुगेको छ । आर्थिक वर्ष २०७९/८० मा ३६ लाख ४९ हजार ६१४ जनाले प्यान नम्बर लिएका थिए । अर्थ मन्त्रालयका अनुसार व्यावसायिक स्थायी लेखा नम्बर लिनेको १९ लाख ९२ हजार ५४४ पुगेको छ । गत वर्षसम्म यो संख्या १८ लाख ७६ हजार ३०५ रहेको थियो । करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बरको संख्या ८० हजार ४३० रहेको छ ।
पछिल्लो समय पारिश्रमिक भुक्तानीसहितमा प्यान अनिवार्य गरिएसँगै प्यान नम्बर लिनेहरुको संख्या उल्लेख्य बढेको हो ।
यसैगरी, मूल्य अभिवृद्धि कर (मूअक) तर्फ दर्ता हुने करदाताको संख्या ३ लाख ३४ हजार ९८३ पुगेको छ । एक वर्षमा २६ हजार ५०६ जना मूअकमा दर्ता भएका छन् ।
अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या भने १ लाख २५ हजार ८१ पुगेको छ । यस आवमा ८ हजार ४०६ करदाता अन्तःशुल्कमा दर्ता भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुनको मूल्य घट्यो

२०८१ मंसिर २८ गते, शुक्रबार

अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड !

२०८१ मंसिर २८ गते, शुक्रबार