सुनको मूल्यमा नयाँ रेकर्ड :प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ
२०८१ श्रावण १८ गते, शुक्रबार
काठमाडौँ । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको जनाएको छ ।
अघिल्लो दिनको तुलनामा आज सुनको भाउ ५ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला १७९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदी ५ रुपैयाँ घटेको हो ।