डलर हालसम्मकै महँगो !
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्रीदर १३४.३१ रुपैयाँ र खरिददर १३३.६६ रुपैयाँ तोकेको छ । यसअघि डलरको बिक्रीदर १३४.२७ रुपैयाँसम्म पुगेको थियो ।
अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्छ । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ ।
नेपाली मुद्रा र भारतीय मुद्राबीच स्थिर विनिमय दर भएकाले पनि डलरको मूल्यमा असर परेको हो । भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको असर नेपाली मुद्रामासमेत पर्न गएको छ ।
आज युरोपियन युरो एकको खरिददर १४४.८८ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४५.५३ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७०.४६ रुपैयाँ र बिक्रीदर १७१.२३ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७.१० रुपैयाँ र बिक्रीदर ८७.४९ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.३२ रुपैयाँ र बिक्रीदर ९७.७५ रुपैयाँ तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६३ रुपैयाँ र बिक्रीदर ३५.७९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४० रुपैयाँ र बिक्रीदर ३६.५७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २९.७३ रुपैयाँ र बिक्रीदर २९.७६ रुपैयाँ तोकिएको छ ।