नेप्से १४५.०५ अंकले घट्यो

२०८१ श्रावण २२ गते, मंगलवार


काठमाडौँ । नेप्से १४५.०५ अंकले घटेर दुई हजार ६ सय ५१.३२ विन्दुमा कायम भएको छ । आज सेन्सेटिभ इन्डेक्स र फ्लोट इन्डेक्स पनि पाँच प्रतिशतभन्दा बढीले गिरावट आएको छ। आज ५ करोड ३८ लाख ४४ हजार २ सय ३७ कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँको कारोबार भएको छ। यो अहिलेसम्मकै सर्वाधिक हो।
आज कारोबार आएका २४२ मध्ये ८ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ। थ्रीस्टार हाइड्रोपावर लिमिटेड र कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी आरम्भ चौतारी लघुवित्त, हिमालयन रिइन्सुरेन्स, मैलुङखोला जलविद्युत कम्पनी, माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेड र सगरमाथा जलविद्युत लिमटेडको सेयर मूल्य बढेको छ। २ सय ३३ कम्पनीको सेयर मूल्य घट्दा नेपाल रिइन्सुरेन्स कम्पनीको सेयर मूल्य यथावत रहेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु