१२ लाख ५० हजार मूल्य बराबरका कपडा बरामद

२०८१ श्रावण २३ गते, बुधबार

काठमाडौँ । सशस्त्र प्रहरी बलको टोलीले भन्सार छलेर ल्याइएका रु १२ लाख ५० हजार मूल्य बराबरका कपडा बरामद गरेको छ । टोलीले बुद्ध शान्ति गाउँपालिका-७ सुनमाई चियाबगान र मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट ती कपडा बरामद गरेको हो ।
बुद्ध शान्ति-७ सुनमाई चियाबगानबाट परिचालन भएको सशस्त्रको टोलीले रु १० लाख बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गणका सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिए ।
यसैगरी अर्को टोलीले मेचीनगर-६ बसपार्क इलाकाबाट भन्सार छलेर ल्याइएको रु दुई लाख ५० हजार बराबरको कपडा बरामद गरेको सूचना अधिकारी पोखरेलले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१६ सय ३६ किलो गाँजा बरामद

२०८१ चैत्र ९ गते, शनिबार

सार्वजनिक ऋण झन्डै २७ खर्ब !

२०८१ चैत्र ५ गते, मंगलवार