एक अमेरिकी डलरको विनिमय दर १३४.६३ रुपैयाँ !

२०८१ श्रावण २३ गते, बुधबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १३४.६३ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो । मंगलबार एक अमेरिकी डलरको विनिमय दर १३४.४६ रुपैयाँ थियो । बुधबारको विनिमय दर १७ पैसाले बढी हो ।
राष्ट्र बैंकका अनुसार ०८० असार मसान्तको तुलनामा गत जेठसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.६६ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.७१ प्रतिशतले अवमूल्यन भएको थियो । यसअनुसार ०८१ साउन २२ सम्म अमेरिकी डलर एकको खरिद विनिमय दर १३४.४६ रुपैयाँ पुगेको छ । ०८० असार मसान्तमा उक्त विनिमय दर १३१.१७ रुपैयाँ थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अवैध सुनसहित दुई जना जना पक्राउ

२०८१ मंसिर २४ गते, सोमबार

६४ किलो गाँजा बरामद

२०८१ मंसिर २४ गते, सोमबार

नेप्से ४५.९३ अंकले घट्यो

२०८१ मंसिर २३ गते, आईतवार