नेप्से १०८.३५ अंकले वृद्धि
२०८१ श्रावण २३ गते, बुधबार
काठमाडौँ । नेप्से १०८.३५ अंकले बढ्दै २७५९.६७ विन्दुमा पुगेको छ । आज १७ अर्ब ९५ करोड ९ लाख रुपैयाँ बराबरको ३ करोड ८० लाख ४१ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । १४५ अंकले नेप्से बढेको अघिल्लो दिन हालसम्मकै उच्च २३ करोड माथिको कारोबार भएको थियो ।
आज १३ वटै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ७.६३ प्रतिशतले बढेको छ भने अन्य समूहको उपसूचक समेत आज ७.८९ प्रतिशतले बढेको छ । २३९ कम्पनीको सेयर मूल्य बढ्दा आज जम्मा ३ वटा कम्पनीको मात्र सेयर मूल्य घटेको छ ।