नेप्से ६ दशमलव ७ अंकले बढ्यो

२०८१ श्रावण २४ गते, बिहीबार


काठमाडौँ । नेप्से ६ दशमलव ७ अंकले बढ्दै २७६६ दशमलव ३८ विन्दुमा पुगेर रोकिएको छ । आज ७९ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ४ को स्थिर रह्यो । उत्पादन समूह सबैभन्दा धेरै ५.८७ प्रतिशत बढ्यो । बैंकिङ ०.५५, विकास बैंक ०.६७, फाइनान्स ०.४२, होटल तथा पर्य६न १.२७, जीवन बीमा ०.३०, माइक्रोफाइनान्स ०.४४ तथा अन्य समूह ०.५५ प्रतिशत घटे । लगानी १.३३, हाइड्रोपावर ०.८७, निर्जीवन बीमा ०.०७ तथा ब्यापार समूह ०.४७ प्रतिशत बढे ।
७ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । कर्णाली विकास बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिडसोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, सर्वोत्तम सिमेन्ट र कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।
एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ८ प्रतिशत घट्यो । आरम्भ चौतारी लघुवित्तको ४.९, रुरु जलविद्युत्को ४.८, हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य ४.५ प्रतिशत घट्यो ।
दुई कम्पनी शिवम् सिमेन्ट र हिमालयन रिको कारोबार १–१ अर्बमाथिको भएको छ । शिवम् सिमेन्ट, हिमालयन रिसहित निफ्रा, सोनापुर सिमेन्ट, सानिमा माइ हाइड्रोपावर, नेपाल फाइनान्स, एचआईडीसीएल, अपी पावर कारोबार रकमका आधारमा क्रमशः अगाडि रहे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुनको मूल्य घट्यो

२०८१ मंसिर २८ गते, शुक्रबार

अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड !

२०८१ मंसिर २८ गते, शुक्रबार