बाँसबारी छाला जुत्ता कारखाना तत्काल संचालन गर

काठमाडौँ । युवा संगठन नेपालले बाँसबारी छाला जुत्ता कारखाना तत्काल संचालन गर्न माग गरेको छ । सो संगठनद्वारा आइतबार आयोजित दवाव तथा प्रदर्शनपछिको कोण सभालाई संवोधन गर्दै अध्यक्ष दिनेश सीले सो माग गरेका हुन्। उनले दैनिक नेपाली युवाहरु बैदेशिक रोजगारमा विदेशिनुले नेपालको दलाल सरकारको चरित्र उदाङ्गिएको वताउदै एकातिर दक्ष, अदक्ष र अर्धदक्ष युवाहरु विदेशीनु अर्कातर्फ नेपालका राष्ट्रिय उद्योग कलकारखाना टाट पल्टिनुले नेपालको संसदिय व्यवस्था पुर्ण रुपले असफल भएको ठोकुवा गरे । अध्यक्ष दिनेश सीले जब देश आत्मनिर्भर रहन्छ र उद्योग कलकारखाना हुन्छन तब मात्रै नेपाली जनता र देश समृद्ध हुने वताए । उनले नेपालको ०४८/४९ को बार्षिक वजेटमा राजधानीका बाँसवारी छाला जुत्ता कारखाना , भृकुटी कागज उद्योग र हरिसिद्धि इट्टा तथा कारखानालगायतका सार्वजनिक संस्था निजिकरण गर्ने कामले नेपालका राष्ट्रिय उद्योग धरासायी भएको ठोकुवा गर्दै तत्कालिन मरिचमान प्रधानमन्त्री र राजनैतिक दलका नेता र कर्मचारीको मिलोमतोमा बाँसवारी छाला उद्योगको जग्गा च्याम्पियन फुटवेयर लिमिटेडलाई १० रोपनी जग्गा र पचिस सय शेयर कित्ता दिनु नै गलत भएको र राज्यलाई नै निकम्मा वनाएर विनोद चौधरीले १० रोपनि जग्गा हडपेको वताए ।
यसैगरी, अध्यक्ष दिनेश सीले २०५० सालमा निजीकरण ऎन जारी भएको केही समयपछि २०५४ सालमा बाँसवारी छाला जुत्ता कारखानाको जग्गा चौधरी समुहले हात पारेको वताउदै यदि यो देशमा युवाहरुलाई रोजगारीको ग्यारेन्टी गर्ने हो भने राज्यले बन्द रहेका र नयाँ उद्योग खोल्नु पर्ने वताए । उनले यो दलाल सरकारको औकात नभएकाले नेपाली विशेषताको समाजवादले मात्र संभव भएको र त्यसको नेतृत्व नेकपाले गर्न मात्र सक्ने ठोकुवासमेत गरे ।
उक्त कार्यक्रमको संचालक युवा संगठन नेपालका उपाध्यक्ष तथा वागमती प्रदेशका इन्चार्ज विश्लेषणले गरेका थिए । कार्यक्रममा केन्द्रिय सचिव अनिल सीलगायतका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।