नेप्से ८.१८ अंकले घट्यो

२०८१ श्रावण २९ गते, मंगलवार


काठमाडौँ । नेप्से ८.१८ अंकले घटेर २९२३ अंकमा कायम भएको छ । आज कुल २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । ८० कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ६ को स्थिर रह्यो ।
यस दिन बैंकिङ ०.४५, फाइनान्स १.५७, जीवन बीमा ०.५४ तथा व्यापार समूह ०.०६ प्रतिशत बढे । विकास बैंक १.३६, होटल तथा पर्यटन २.२५, उत्पादन १.४०, माइक्रोफाइनान्स १.१३, निर्जीवन बीमा १.०२ र अन्य समूह सूचक ०.७४ प्रतिशत घटे । मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर, गुडविल फाइनान्स, न्यादी हाइड्रोपावर र मिडसोलु हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । विन्ध्यबासिनी हाइड्रोपावरको ९.७, शुभम् पावरको ९.६ तथा प्रोग्रेसिभ फाइनान्सको मूल्य ७.७ प्रतिशत बढ्यो ।
नेपाल फाइनान्सको मूल्य ९.९ प्रतिशत घट्यो । सगरमाथा जलविद्युतको ७.१, आत्मनिर्भर लघुवित्तको ६.९, मैलुङखोला जलविद्युतको ६ तथा अभियान लघुवित्तको मूल्य ४.५ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, अपी पावर तथा अरुणभ्याली हाइड्रोपावर क्रमशः अगाडि रहे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३३.४२ अंकले घट्यो

२०८१ मंसिर २७ गते, बिहीबार

नेप्से ४५.८८ अंकले बढ्यो

२०८१ मंसिर २६ गते, बुधबार

सुनको मूल्य फेरी बढ्यो !

२०८१ मंसिर २६ गते, बुधबार