पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८१ श्रावण ३२ गते, शुक्रबार


काठमाडौँ । नेपाल आयल निगमले गएराति १२ बजेपछि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मूल्य घटाएको हो । त्यस्तै मट्टितेलको मूल्य पनि ३ रुपैयाँले घटेको छ ।
नयाँ मूल्य अनुसार काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १६५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १५५ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६४ रुपैयाँमा विक्रि गर्न पाइने छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५४ रुपैयाँमा विक्रि गर्न पाइने छ । यता चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको नयाँ मूल्य १६२ रुपैयाँ प्रतिलिटर तोकिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु