वाणिज्य बैंकले घटाए निक्षेपको ब्याज

काठमाडौँ । अधिकांश वाणिज्य बैंकले भदौ महिनाका लागि ब्याजदर घटाएका छन्। भदौ १ गतेदेखि लागू हुने गरि सार्वजनिक गरिएको ब्याजदर अनुसार संचालनमा रहेका २० मध्ये ११ बैंकले निक्षेपको ब्याजदर घटाएका छन्। प्राइम कमर्सियल बैंकले निक्षेपको ब्याजदर बढाएको छ। ८ वटा बैंकले भने ब्याज दर स्थिर नै राखेका छन्। माछापुच्छ्रे, कुमारी, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चाटर्ड, नबिल, ग्लोबल आइएमई, सिटिजन र नेपाल बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका हुन्।
भदौका लागि हिमालयन, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एभरेष्ट, राष्ट्रिय वाणिज्य, एनआइसी एशिया, एनएमबि, सानिमा, प्रभु, कृषि विकास बैंक र नेपाल एसबिआई बैंकले निक्षेपको ब्याजदर घटाएका छन्।
भदाैमा मुद्दती निक्षेप सबैभन्दा बढी ब्याजदर एनआइसी एशिया र कम नेपाल बैकले दिइरहेको छ। एनआइसी एशियाले मुद्दती निक्षेप अधिकतम ७.४१ प्रतिशत ब्याजदर कायम गरेको छ। नेपाल बैकले ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ।