सुन प्रतितोला एक लाख ५२ हजार ६ सय
२०८१ भाद्र २ गते, आईतवार
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला रु. एक लाख ५२ हजार ६ सय पुगेको छ। गत शुक्रबार प्रतितोला रु. एक लाख ४९ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. तीन हजारले वृद्धि भएको हो । शुक्रबार चाँदी प्रतितोला रु. एक हजार सात सय ६० मा कारोबार भएकामा आजका लागि भने एक हजार आठ सय १० निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा रु. ५० ले वृद्धि भएको हो ।