लघुवित्तपीडितद्वारा पुन: आन्दोलन !

२०८१ भाद्र ४ गते, मंगलवार


काठमाडौँ । सरकारसँग पटक–पटक भएका सहमतिबाट पूर्णरुपमा समस्याको हल नभएको भन्दै लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिले आजदेखि पुनः आन्दोलन गर्ने भएको छ । उक्त संघर्ष समितिका संरक्षक अगस्त अधिकारीले सरकारले ललिपप देखाउने र लघुवित्तले तल्लो स्तरमा लुट मच्चाउने धन्दा अहिले पनि चलाइरहेको भन्दै संघर्षका कार्यक्रम अघि बढाएको जानकारी दिए।
६८ जिल्लामा हुने प्रर्दशन शान्तिपूर्ण रुपमा गर्ने उनले बताए। ज्यादती गर्ने स्थानीयदेखि केन्द्रसम्मकै लघुवित्तीय संस्था, बैंक र बेथिति मच्चाउने सहकारीहरूको बिरूद्वमा केन्द्रित रहने गरि विरोध प्रदर्शनसहितका संघर्षका कार्यक्रम शुुरु हुने संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुनको मूल्य घट्यो

२०८१ मंसिर २८ गते, शुक्रबार

अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड !

२०८१ मंसिर २८ गते, शुक्रबार