नेप्से १११.९६ अंकले घट्यो !

२०८१ भाद्र ११ गते, मंगलवार


काठमाडौँ । नेप्से १११.९६ अंकले घटेर २७८२.६० बिन्दुमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ३३० कम्पनीको १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार ३३३ कम्पनीको १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने आज १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार रुपैयाँ बराबरको ४ करोड ३८ लाख ६८ हजार कित्ता सेयर कारोबार भएको छ ।
आज होटल तथा टुरिजम समूहको उपसूचक झिनो (०.४३ प्रतिशत) ले बढ्नुबाहेक अरु १२ वटा उपसूचक ऋणात्मक भएका छन् । बैंकिङ, डभलपमेन्ट बैंक, फाइनान्स र इन्भेष्टमेन्ट समूहको उपसूचक ४ प्रतिशतमाथिले घट्दा आज हाइड्रोपावर, लाइफ इन्स्योरेन्स र अन्य समूहको उपसूचक ३ प्रतिशतमाथिले घटेका छन् ।
म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक २ प्रतिशतमाथिले घटेका छन् । आज म्युचुअल फण्डको समूहको उपसूचक भने १.०९ प्रतिशतले घट्न पुगेको छ । तथापि, आज तारागाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र डोटी पोवर कम्पनीको सेयर मूल्य समान १० प्रतिशतले बढ्दा यता नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले नै घट्न पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुनको मूल्य घट्यो

२०८१ मंसिर २८ गते, शुक्रबार

अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड !

२०८१ मंसिर २८ गते, शुक्रबार