नाडा अटो शो शुरू
काठमाडौँ । काठमाण्डौको भृकुटीमण्डपमा नाडा अटो सो शुरू भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा आजदेखि सुरु भएको उक्त प्रदर्शनीको उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका छन् । उदघाटनका क्रममा अर्थमन्त्री पौडेलले कानूनको पालना गरी सफल व्यवसाय गर्न व्यवसायीलाई आग्रह गर्दै नीतिगत स्थिरता सुरक्षित गर्ने हिसाबले वर्तमान सरकार अघि बढ्ने र नेपालमा गुणस्तरीय उत्पादन गर्न सकेमा अन्तर्राष्ट्रिय बजार नेपालका लागि पनि सुरक्षित हुने बताए ।
नाडा अटो शो ६ दिनसम्म चल्ने उक्त नाडा अटो शो टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स र सर्बो लुब्रिकेन्ट सह–प्रायोजक रहेको अटो शोमा ९५ वटा कम्पनीका लागि साना ठूला गरी एक सय ३० वटा स्टल रहेका आयोजकले जनाएको छ । मेलामा २४ वटा ब्रान्डका चार पाङ्ग्रे, १० वटा ब्रान्डका दुई पाङ्ग्रे र १२ वटा ब्रान्डका हल्का गाडी रहेका छन् ।