जिल्ला अदालतका कपिलवस्तुका तहसिलदार घुससहित पक्राउ

२०८१ कार्तिक २७ गते, मंगलवार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जिल्ला अदालतका कपिलवस्तुका तहसिलदार सन्तोष कुमार मिश्र र कम्पुटर अपरेटर विकास पाण्डेलाई घुससहित पक्राउ गरेको छ । उनीहरुलाई सेवाग्राहीसँग जग्गा सम्बन्धी कार्यका लागि २० हजार रुपैयाँ घुस लिएको अवस्थामा कपिलवस्तुको गौरी चोकस्थित चिया पसलबाट पक्राउ गरिएको बताइएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया थालिएको बुझिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु